शुक्रबार, असार १२,२०८३ 09:13:30
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 09:13:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाइमा एक्स्पो लक्षित केईको बबाल अफर, एक्सथ्री प्रो इभी फ्यागसिप भेरियन्ट बुकिङमा रु.९ लाख छुट

Laxmi Sunrise Bank Limited
नाइमा एक्स्पो लक्षित केईको बबाल अफर, एक्सथ्री प्रो इभी फ्यागसिप भेरियन्ट बुकिङमा रु.९ लाख छुट

काठमाण्डौ । नेपालमा केई गाडीको गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले बबाल अफर घोषणा गरेका छन् । आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी शो मा अफरअन्तर्गत ग्राहकले केई गाडीको ‘एक्सथ्री  प्रो ईभी’ फ्ल्यागसिप टप भेरियन्ट बुक गर्दा ९ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।  

नाइमा अटो शोमा आएर गाडी खरिद गरे ग्राहकले ‘एक्सथ्री  प्रो इभी’ फ्ल्यागसिप टप भेरियन्टमा मूल्यमा भारी छुटसँगै अन्य आकर्षक छुट पनि पाउनेछन् ।  

अफरअन्तर्गत केई एक्सथ्री प्रो ईभी फ्ल्यागसिप टप भेरियन्टलाई यसको सुरुआती मूल्य ४८.९६ लाख रुपैयाँबाट घटाएर ३९.९६ लाख रुपैयाँमा उपलब्ध गराइनेछ । ग्राहकले ७।३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ र स्पेयर पार्टसका साथै टायर पनि पाउनेछन् ।

यो छुट र अफरले एक्सथ्री प्रो इभी टप भेरियन्टलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा राम्रो मूल्यको विद्युतीय एसयूभी बनाउने विश्वास कम्पनीको छ । यो विशेष मूल्य नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समय मात्र उपलब्ध हुनेछ। ग्राहकले भृकुटीमण्डपस्थित हल ‘ए’को स्टल नम्बर ‘ए२’ (प्रवेश गर्दा पहिलो स्टल) मा रहेको केईको स्टलमा गएर एक्सथ्री प्रो ईभीलाई नजिकबाट हेर्न सक्ने कम्पनीले जनाएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

एक्सथ्री प्रो ईी किन रोज्ने ?

–आफ्नो सेग्मेन्टमा सबैभन्दा राम्रो मूल्यको एसयूभी

–१२०/९९ किलोवाटको मोटर

–आधुनिक सुविधासहितको आकर्षक र प्रिमियम डिजाइन

–लक्जरी र फराकिलो इन्टेरियर

–ड्राइभिङको उत्कृष्ट अनुभव

–सुरक्षित र ध्यान भंग नहुने गरी चलाउन फिजिकल बटन

–१८३ मिमिको ग्राउन्ड क्लियरेन्स

–प्यानोरमिक मुनरुफ

–अटो होल्ड

–लिथियम आइरन फस्फेट ब्याट्री

–७.३ किलोवाटको चार्जर र स्पेयर ह्वील

–किफायती स्पेयर पार्टस्

यो केई एक्सथ्री प्रो ईभी बबाल अफर नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ बाहेक नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर र वीरगन्जलगायत प्रमुख सहरमा रहेका कम्पनीका आधिकारिक सोरुममा पनि उपलब्ध हुनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.