शुक्रबार, आश्विन ९,२०८३ 12:07:25
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:07:25
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा २२०.९७% ले बढ्यो, अन्य सूचकहरुमा पनि आकर्षक सुधार

Bizshala
सिद्धार्थ बैंकको वितरणयोग्य नाफा २२०.९७% ले बढ्यो, अन्य सूचकहरुमा पनि आकर्षक सुधार
New Office

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख वित्तीय सूचकहरु सुदृढ बनेका छन् । बैंकले सार्वजनिक गरेको गत आवको. चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुदा नाफा १०.२३ प्रतिशतले बढेको छ ।  

बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बेंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ६.४३ प्रतिशतले बढ्दै ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै अघिल्लो आवमा १ अर्ब ४२ करोड रुपैयाँबराबर रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ८४ करोड र सञ्चालन मुनाफा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ ।  

बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकको वितरणयोग्ण्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २२०.९७ प्रतिशतले बढी हो । यस्तै बैंकको लाभांश क्षमता पनि ४.१२ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ ।  

बैंकको प्रतिसेयर आम्दानी पनि २१.८६ प्रतिशतबाट बढेर २४.१० प्रतिशत कायम भएको छ । अघिल्लो आवमा २ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप संकलन बढेर २ खर्ब ८० अर्ब पुगेको छ । निक्षेप संकलन पनि १ खर्ब ९५ अर्बबाट बढेर २ खर्ब १४ अर्ब पुगेको छ ।  

खराब कर्जा अनुपात भने २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ । यो अवधिमा बैंकको रिटेन्ड अर्निङ २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १३ अर्ब ३९ करोड रुपैयाँबाट बढेर १५ अर्ब ४ करोड पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४०४.४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९३ गुणा र तरलता अनुपात ३४.०१ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.