शुक्रबार, श्रावण २२,२०८३ 10:28:14
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:28:14
Bizshala
Global IME Bank Limited

मिड सोलु हाईड्रोपावरको नाफा ४८९.९४% ले वृद्धि, रिजर्भको आकार पनि ७०३.६३% ले बढ्यो

मिड सोलु हाईड्रोपावरको नाफा ४८९.९४% ले वृद्धि, रिजर्भको आकार पनि ७०३.६३% ले बढ्यो
New Office

काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८९.९४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि १८.४६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २६ करोड ६५ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर ३१ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।  

यस्तै कम्पनीले ३ करोड २२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ लाख २० हजार रुपैयाँ मात्रै अन्य आम्दानी गरेको थियो ।  

कम्पनीको वित्त खर्चमा गिरावट आएको छ । अघिल्लो आवमा १४ करोड ५ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ९ करोड ४४ लाखमा सीमित बनेको छ । यस्तै प्रशासनिक तथा अन्य खर्च ५० लाख ८० हजारबाट घटेर ४९ लाख ५० हजार र कर्मचारी खर्च १ करोड २३ लाखबाट घटेर १ करोड ५ लाखमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भको आकारमा उछाल आएको छ । रिजर्भको आकार ७०३.६३ प्रतिशतले बढेर १५ करोड ९ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति २२ करोड १६ लाख र कुल चालु दायित्व ४ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.९३ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.