काठमाण्डौ । सिकलेस हाइड्रोपावर लिमीटेडले सेयरधनीका लागि एकसाथ बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर वितरणको घोषणा गरेको छ ।
कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।
बोनस सेयरमा लाग्ने करका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत वितरण गरिने समेत घोषणा भएको छ ।
यसैगरी, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको १ः१ अनुपात कायम हुने गरी हकप्रद सेयर समेत निश्कासन गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको कम्पनी सचिव निराजन महर्जनले जानकारी दिएका छन् ।
बोनस सेयर र हकप्रद सेयर निश्कासनको यही सूचना यसअघि नै बजारमा चुहिएका कारण दोश्रो बजार मूल्य बढेर प्रतिकित्ता १ हजार १०० माथि पुगिसकेको छ ।
यहीकारण एकमहिनाअघिसम्म प्रतिकित्ता ८८३ रुपैयाँमा कारोबार भइरहेको यो कम्पनीको मूल्य एकाएक बढाएर ११ रुपैयाँभन्दा माथि पुर्याइसकेको देखिन्छ ।
बोनस सेयर र हकप्रदको सूचना यसअघि नै चुहिसकेका कारण सञ्चालक समितिको निर्णय बाहिर आएको दिन सोमबार भने दोश्रो बजार मूल्य घटिरहेको देख्न सकिन्छ ।