काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रोफेसर डाक्टर कुसुम शाक्य नियुक्त भएका छन् । साउन २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन २६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष अवधिका लागि उक्त पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।