बिहीबार, बैशाख ३१,२०८३ 04:56:22
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:56:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माबिलुङ इनर्जीको आइपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
माबिलुङ इनर्जीको आइपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आइपीमो पहिलो दिनमै ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६ लाख ४२ हजार १८ जनाले आवेदन दिएका छन् ।

सिडिएससीका अनुसार पहिलो दिनमै कम्पनीको आइपीओमा ७५ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको ७५ लाख २७ हजार ५२० कित्ताका  लागि आवेदन परेको छ, जुन यो मागभन्दा ६ गुणा बढी हो ।  

कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले गत असार १ गते प्रति सेयर रू। १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

जसमध्ये जारीपूँजीको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्र अर्था संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं। ७,८,९ र चैनपुर नगरपालिका २,३,७,८,९ मा स्थायी बसोवास गर्ने वासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका गत असार २२ गतेदेखि साउन ४ गतेसम्म जारी गरिएको थियो ।  

पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका लागि जारी गरिसकेपछि कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आम सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते  र ढिलोमा भदौ ९ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल  लिमिटेड रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.