माविलुङ इनर्जीको सामूहिक लगानी कोषका लागि सुरक्षित सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै
काठमाण्डौ । माविलुङ इनर्जी लिमिटेडको लक इन अवधि आजबाट समाप्त हुँदैछ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७५ हजार २३६ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

