काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एमएबीइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको १०० रुपैयाँ अंकित दरको कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा वितरण गरिएको १८ लाख ९० हजार ५३० कित्ता (४९ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता (५१ प्रतिशत) गरी कुल साढे ३८ लाख कित्ता सेयर आज सूचीकृत भएको हो ।
नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारको लागि १०५ रुपैयाँ ९० पैसादेखि ३१७.७० रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको छ । सोही आधारमा नै भोलि कारोबार खुल्नेछ ।

