आईतवार, भाद्र ८,२०८२ 02:51:12
  • आईतवार, भाद्र ८,२०८२ 02:51:12
Global IME Bank Limited

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड, ४ जना भाग्यमानीले पाए थप एक कित्ता

Hyundai Nepal
माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड, ४ जना भाग्यमानीले पाए थप एक कित्ता
Shivam Cement

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे बाँडफाँड भएको हो ।  

कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकबाट २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन सदर र ८ हजार २८९ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ४४ लाख १२ हजार १७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १ लाख २४ हजार ८९० जनालाई १० कित्ताका दरले १२ लाख ४८ हजार ९ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ४ कित्ता सेयर ४ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

कम्पनीले सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको थियो ।  

सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका गत असार २२ गतेदेखि साउन ४ गतेसम्म जारी गरिएको थियो ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.