काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट आज स्वीकृति पाएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १८ लाख ९० हजार ५३० कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारमा गएकाहरुका लागि आइपीओ जारी गरेपछि मात्रै सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।
कम्नपीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।