शनिबार, श्रावण ३०,२०८३ 08:12:54
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:12:54
Bizshala
Global IME Bank Limited

तीन हजारको विन्दुबाट खसेको बजारको कति–कतिमा छ अबको बलियो सपोर्ट ?

Prabhu Bank Limited
तीन हजारको विन्दुबाट खसेको बजारको कति–कतिमा छ अबको बलियो सपोर्ट ?
New Office

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब २८ अंकले घटेर बन्द भयो । इन्ट्रा डेमा २८७५ को विन्दुसम्म पुगेको बजार अन्त्यमा भने घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा अघिल्लो साता मध्य ब्याण्डबाट तल खसेको बजार आज मध्य ब्याण्डमा नै प्रतिरोध सामना गरेको छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुदै गएका छन् । आरएसआई ४७ को न्युट्रल जोनमा चलेको छ ।  

CG Motors

एमएफआई ४० को तहमा चलेको छ । घट्दो बजारमा यस्ता इन्डिकेटरहरु ओभर सोल्ड जोन अर्थात ३० भन्दा तल पनि आउन सक्छन् । फिवोनासीमार्फत हालको बजारलाई नियाल्दा आज ०.३८ प्रतिसतको सपोर्टलाई भत्काएको बजारले अब ०.५ प्रतिशत अर्थात २८०८ को विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

यदि त्यहाँबाट पनि तल आउछ भने ०.६१ प्रतिशतको सपोर्ट अर्थात २७६० को विन्दुमा बजारले बलियो सपोर्ट लिन सक्छ । त्यसै गरि इलिअट वेभको अन्तगर्त ‘ए’ बराबर ‘सी’ हुन्छ भन्ने सिद्धान्तको आधारमा पनि बजारले २७५० देखि ६० को विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्ने देखिन्छ । यस हिसाबले बिभिन्न इन्डिकेटर तथा इलिअट वेभबाट नियाल्दा बजारमा केही समय साइडवेज चल्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.