• सोमबार, श्रावण २६,२०८२ 10:58:54
Global IME Bank Limited

तीन हजारको विन्दुबाट खसेको बजारको कति–कतिमा छ अबको बलियो सपोर्ट ?

Hyundai Nepal
तीन हजारको विन्दुबाट खसेको बजारको कति–कतिमा छ अबको बलियो सपोर्ट ?
Shivam Cement

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब २८ अंकले घटेर बन्द भयो । इन्ट्रा डेमा २८७५ को विन्दुसम्म पुगेको बजार अन्त्यमा भने घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा अघिल्लो साता मध्य ब्याण्डबाट तल खसेको बजार आज मध्य ब्याण्डमा नै प्रतिरोध सामना गरेको छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुदै गएका छन् । आरएसआई ४७ को न्युट्रल जोनमा चलेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

एमएफआई ४० को तहमा चलेको छ । घट्दो बजारमा यस्ता इन्डिकेटरहरु ओभर सोल्ड जोन अर्थात ३० भन्दा तल पनि आउन सक्छन् । फिवोनासीमार्फत हालको बजारलाई नियाल्दा आज ०.३८ प्रतिसतको सपोर्टलाई भत्काएको बजारले अब ०.५ प्रतिशत अर्थात २८०८ को विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

यदि त्यहाँबाट पनि तल आउछ भने ०.६१ प्रतिशतको सपोर्ट अर्थात २७६० को विन्दुमा बजारले बलियो सपोर्ट लिन सक्छ । त्यसै गरि इलिअट वेभको अन्तगर्त ‘ए’ बराबर ‘सी’ हुन्छ भन्ने सिद्धान्तको आधारमा पनि बजारले २७५० देखि ६० को विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्ने देखिन्छ । यस हिसाबले बिभिन्न इन्डिकेटर तथा इलिअट वेभबाट नियाल्दा बजारमा केही समय साइडवेज चल्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.