शुक्रबार, बैशाख ४,२०८३ 09:56:35
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 09:56:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

श्रृजनशील लघुवित्तको नाफा २२१.१६% ले बढ्यो, इपीएस ४१.२५ रुपैयाँ

Bizshala
श्रृजनशील लघुवित्तको नाफा २२१.१६% ले बढ्यो, इपीएस ४१.२५ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद नाफा २२१.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा १ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार आउँदा नाफा वृद्धि भएको हो । 

संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै गत आवमा संस्थाले कमिसनमार्फत २ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । संस्थाको निक्षेप संकलन ११.१७ प्रतिशत बढेर ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २३.०९ प्रतिशत बढेर २ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५१ लाख ६६ हजार रुपैयाँ रहेको छ भने संस्थाको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ११ करोड ६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

संस्थाको एनपीएल भने ६.४९ प्रतिशतबाट बढेर ९.७९ प्रतिशत पुगेको छ । साथै सिडि रेसियो ३४५ प्रतिशत, बेस रेट १२.६० प्रतिशत, कस्ट अफ फण्ड ८.१० प्रतिशत रहेको छ । 

यता संस्थाको इपीएस भने १२.८४ रुपैयाँबाट बढेर ४१.२५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको नेटवर्थ २४७.६० रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.६० गुणा र तरलता अनुपात ३२.६४ प्रतिशत रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.