IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 08:33:27
IME remit
Global IME Bank Limited

सूर्यज्योति लाइफको खुद बीमाशुल्क आम्दानी र नाफामा सामान्य वृद्धि

Hyundai Nepal
सूर्यज्योति लाइफको खुद बीमाशुल्क आम्दानी र नाफामा सामान्य वृद्धि
Shivam Cement

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको बीमाशुल्क आर्जन र नाफा सामान्य बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा  

३५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले ११ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.८३ प्रतिशतले बढी हो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको थियो ।    

कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ९ अर्ब ८द्द करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ११ अर्ब ९६ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च  १२ अर्ब ७ करोड रुपैयाँबाट बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी पनि १२ अर्ब ६६ करोड रुपैयाँबाट वृद्धि भएर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ । अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४७ करोड २० लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३९ करोड ४६ लाख रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.८५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१०.८९ रुपैयाँ र पीई अनुपात ६३.९१ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.