सोमबार, श्रावण २५,२०८३ 01:52:02
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 01:52:02
Bizshala
Global IME Bank Limited

आईसीएफसी फाइनान्सले २०.२८% पुर्यायो लाभांश क्षमता, खराब कर्जा अनुपात १.८३% मा सीमित

आईसीएफसी फाइनान्सले २०.२८% पुर्यायो लाभांश क्षमता, खराब कर्जा अनुपात १.८३% मा सीमित
New Office

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश क्षमता २०.२८ प्रतिशत पुर्याएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ रहेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्म ३४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०द्ध.६० प्रतिशतले बढी हो । अघिल्लो आवकाृ उक्त अवधिसम्म कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी १३.१५ प्रतिशतले बढ्दै ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि ८ करोड ५८ लाख रुपैयाँबाट बढेर १० करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ५० करोड २१ लाख रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको निक्षेप संकलन १९ अर्ब ९९ करोड र कर्जा प्रवाह १६ अर्ब ८७ करोड रहेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज ५ करोड ८० लाख रुपैयाँले रिभर्सल भएको छ । कम्पनी खराब कर्जा अनुपात घटाउन सफल भएको छ । अघिल्लो आवमा ३.६८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.८३ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.५७ रुपैयाँबाट बढेर २९.१५ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८४.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.९८ गुणा र तरलता अनुपात २४.६४ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.