बुधबार, श्रावण २७,२०८३ 03:48:36
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:48:36
Bizshala
Global IME Bank Limited

स्वाबलम्बन लघुवित्तले कमायो रु.४४.२६ करोड नाफा, लाभांश क्षमता १७.६०%

Prabhu Bank Limited
स्वाबलम्बन लघुवित्तले कमायो रु.४४.२६ करोड नाफा, लाभांश क्षमता १७.६०%
New Office

काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवको अन्त्यसम्म ४४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २३.०४ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । 

अघिल्लो आवमा १ अर्ब ५२ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो संस्थाले गत आवमा १ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस हिसाबमा संस्थाको ब्याज आम्दानी २०.७७ प्रतिशत वृद्धि भएको छ । 

साथै कमिसन आम्दानी २१.२२ प्रतिशतले बढेर ३६ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३० करोड १९ लाख रुपैयाँ थियो । आम्दानी र नाफा बढेपनि संस्थाको खराब कर्जा भने बढ्न पुगेको छ । अघिल्लो आवमा ७.९२ प्रतिशत मात्रै रहेको संस्थाको एनपीएल गत आवमा बढेर ९.४९ प्रतिशत पुगेको छ । 

साथै सिडि रेसियो सामान्य घटेर १२०.९८ प्रतिशत, बेस रेट १३.६८ प्रतिशत र स्प्रेड दर ७.२६ प्रतिशत पुगेको छ । संस्थाले गत आवको लागि भने २९ करोड १५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ भने लाभांश क्षमता १७.६० प्रतिशत रहेको छ । सो अवधिसम्म संस्थाको इपीएस २६.०४ रुपैयाँबाट बढेर २७.८९ रुपैयाँ पुगेको छ भने नेटवर्थ २२७.०५ रुपैयाँ, पीई रेसियो ३१.६० गुणा र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.