शुक्रबार, श्रावण २२,२०८३ 11:00:03
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 11:00:03
Bizshala
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा २६००% को सुधार, इपीएस कति ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा २६००% को सुधार, इपीएस कति ?
New Office

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा २६ सय प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा २२ लाख २९ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । 

कम्पनीको कुल आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा ह्वात्तै बढ्न पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी ४७ करोड ७ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ४४३.२७ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको आम्दानी जम्मा ८ करोड ६६ लाख रुपैयाँ मात्रै थियो । 

साथै कम्पनीको व्यवसायमा समेत उत्कृष्ट सुधार देखिएको छ । अघिल्लो आवमा ३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको गार्डियनले गत आवमा ९८०.२३ प्रतिशतको ग्रोथ गरी ३९ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । व्यवसाय वृद्धिसँगै कम्पनीको दाबी भुक्तानी पनि उल्लेख्य बढेको छ । 

अघिल्लो आवमा जम्मा २६ लाख रुपैयाँ मात्रै भुक्तानी दिएको यो कम्पनीले गत आवमा ३७३१.८४ प्रतिशत बढाएर १० करोड २७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । साथै कम्पनीको चुक्तापूँजी ४२.८६ प्रतिशतले बढेर ७५ करोड रुपैयाँ, बीमा कोषको आकार ८१८.२५ प्रतिशत बढेर २१ करोड ४९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८३०४.३६ प्रतिशत बढेर ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती कोषको आकार ३१३४.९० प्रतिशत बढेर ६२ लाख रुपैयाँ कोषमा संचित भएको छ ।

कम्पनीको इपीएस पनि ७.६० रुपैयाँ बढेर ८.०२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ, पीई रेसियो २७३.४५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४३.४४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.