काठमाण्डौ । ओरियन्टल होटल्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा २ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.१५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले १ अर्ब ७ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ अर्ब २१ करोडको तुलनामा ११.५९ प्रतिशतले धेरै हो ।
समीक्षा अवधिसम्म कम्पनीले ९३ करोड ९९ लाख कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ९६ करोड ७० लाख बुल खर्च गरेको थियो ।
यस्तै वित्त खर्च ९ करोड ९७ लाखबाट घटेर ९ करोड ७८ लाख पुगेको छ । १ अर्ब १८ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा २ अर्ब ७१ करोड रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२८.२१, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४७.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७०२.२९ गुणा र तरलता अनुपात १.४१ प्रतिशत कायम भएको छ ।