शनिबार, श्रावण २,२०८३ 09:39:16
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:39:16
Bizshala
Global IME Bank Limited

कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा

कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा
New Office

काठमाण्डौ । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि(ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा साउन अन्तिम साताबाट सञ्चालनमा ल्याईएको हो ।  

उक्त शाखामार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीतगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि सहित सेयर कारोबार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ ले बताए ।  

कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा सेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिक राम अधिकारीले बताए ।  

नेपाल धितोपत्र बोर्डद्वारा इजाजतप्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले भदौ १० गतेदेखि औपचारिक कारोबार शुभारम्भ गरेको थियो ।  

कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप केसीले बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.