शनिबार, असार १४,२०८२ 02:23:42
  • शनिबार, असार १४,२०८२ 02:23:42
Global IME Bank Limited

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

Hyundai Nepal
नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो ।

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूचीपर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीम शुभकामना समेत व्यक्त गरेका थिए ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८०पौष मसान्त सम्ममा लगानी रु. १८७.२८अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १८३.६५ अर्व रुपैयाँ र सेयरधनी कोष १० अर्ब ३३ करोडभन्दा बढी रहेको छ । 

यसका साथै कम्पनीले हालसम्म रु २४४.२९ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप—प्रादेशिक कार्यालय र १८५ वटा शाखा/उपशाखाहरुमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.