काठमाण्डौ । यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागूहुने गरी आफ्नो विशेष 3X अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँने कम्पनीले जनाएको छ ।
यस 3X अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्: ३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ; ३गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ; र बुकिङ र कमलाई ३गुणाबराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।
ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मनपराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।