काठमाण्डौ । आज बजार दिनभर सामान्य अबस्थामै रह्यो । ९ अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घट्यो । प्राविधिक रुपमा आजको बजारलाई मूभिङ एभरेजबाट नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट तल खसेको छ ।
अर्थात यसअघि लिएको सपोर्ट विन्दुबाट बजार केही अंक गुमेको देखिन्छ । मुभिङ एभरेज रेखाले घट्दो बजारमा सपोर्ट बनाउने गर्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गर्ने गर्छ । बजारलाई बोलिङ्गर ब्याण्ड तथा म्याक्डीबाट नियाल्दा खासै कुनै सुधार भएको देखिदैन ।
आरएसआई आज ४० बाट पनि तल खसेको देखिन्छ । कारोबारबाट नियाल्दा आज पनि भोल्युम निकै ड्राई अप बनेको देखिन्छ । हालको बजारलाई पिभट् मार्फत नियाल्दा हालसम्म पनि बजार पिभट् प्वइन्टको पहिलो सपोर्ट २७५६ विन्दुभन्दा माथि रहेको छ ।
यदि बजार यहाँबाट तल खसेको अवस्थामा २७२५ र २६८० विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि बढेमा भने बजारले २८१६,२८४८ र २९०८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।