• आईतवार, भाद्र २९,२०८२ 02:51:09
Global IME Bank Limited

जलवायु परिवर्तनले अष्ट्रेलियाका बैंक तथा बीमा कम्पनीमा गम्भिर प्रभाव पर्ने चेतावनी

Hyundai Nepal
जलवायु परिवर्तनले अष्ट्रेलियाका बैंक तथा बीमा कम्पनीमा गम्भिर प्रभाव पर्ने चेतावनी

काठमाण्डौ । अष्ट्रेलियाको बिग्रँदै गएको जलवायु परिवर्तनले त्यहाँको बैंक तथा बीमा कम्पनीहरुमा गम्भिर प्रभाव पर्ने चेतावनी दिइएको छ । जलवायु परिवर्तनको चरम घटनाहरूको जोखिममा रहेका समुदायहरूबाट बीमा कम्पनीहरू र बैंकहरूले आफ्ना सेवाहरू फिर्ता लिन सक्ने नयाँ सरकारी रिपोर्टले चेतावनी दिएको हो।  

जलवायु परिवर्तनका कारण अति प्रभावित क्षेत्रहरूबाट बसाइँसराइमा वृद्धि हुने र अन्तर्राष्ट्रिय व्यापार मार्गहरूमा अवरोधहरू सिर्जना हुन सक्ने चेतावनी समेत दिइएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जसले अर्थतन्त्रमा सम्भावित रूपमा नकारात्मक प्रभावहरु निम्त्याउने उल्लेख गरिएको छ । प्रतिवेदनमा अष्ट्रेलियाको वित्तीय प्रणालीमा जलवायुसँग सम्बन्धित प्रकोप दावीहरूको वृद्धिले अवस्था नाजुक हुने जनाइएको छ । परिणामस्वरुप बीमा कम्पनी र बैंकहरु उच्च जोखिममा रहेका समुदायहरूबाट बाहिर निस्कन सक्ने चेतावनी दिइएको छ ।  

‘स्थानीय वित्तीय प्रणालीमा यस्तो धक्काले पूर्वाधार र निर्मित वातावरणमा क्यास्केडिङ प्रभाव पार्न सक्छ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले विभिन्न प्रभावित समूहदायहरुमा समस्या निम्त्याउने र भविष्यमा स्वास्थ्य र सामाजिक समर्थन तथा प्राथमिक उद्योग र खाद्यान्न जस्ता अन्य प्रणालीहरूमा थप सम्भावित प्रभाव वा दबाबको सिर्जना हुने प्रतिवेदनले जनाएको छ ।  

अष्ट्रेलियामा व्यापक जंगली आगलागी र बाढी लगायतका प्राकृतिक प्रकोपहरुको कारण बीमा प्रिमियममा वृद्धि देखिएको छ । -एजेन्सी 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.