सोमबार, भाद्र ९,२०८२ 08:09:42
  • सोमबार, भाद्र ९,२०८२ 08:09:42
Global IME Bank Limited

मनी फ्लो इन्डेक्सको ओभर सोल्डजोनमा ‘डब्लु प्यार्टन’, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
मनी फ्लो इन्डेक्सको ओभर सोल्डजोनमा ‘डब्लु प्यार्टन’, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । केही दिनदेखि लगातार घटेको बजार आज सपोर्ट जोनबाट सम्हालिन खोजेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डमा नै चलेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेता पनि हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन् ।  

यसले बजार बिस्तारै सम्हालिन कोसिस गरेको देखिन्छ । आरएसआई आज करिब ओभर सोल्ड जोन नजिकबाट फर्केको छ । मूभिङ एभरेजबाट नियाल्दा भने आज २७६१ को विन्दुमा बन्द भएको बजारले अब ५० दिने मूभिङ एभरेज रेखा अर्थात २७७२ आसपासमा प्रतिरोध सामना गर्न सक्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा २० दिनको औषत कारोबार भन्दा तल नै कारोबार भएको छ । बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा आज ओभर सोल्डमा ‘डब्लू प्यार्टन बनाएको देखिन्छ ।  

यसअघि बजार ३ हजारको इन्डेक्समा मनी फ्लो इन्डेक्समा वियरिस डाइभर्जेन्स बनाएर खसेको थियो । त्यसपछि आज पहिलो पटक बजारमा त्यसको अपोजिट बुलिस प्रकृतिको प्यार्टन बनेको छ । यसले बजार अब बिस्तारै सम्हालिन खोजेको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.