शुक्रबार, आश्विन ९,२०८३ 12:08:00
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:08:01
Bizshala
Global IME Bank Limited

मनी फ्लो इन्डेक्सको ओभर सोल्डजोनमा ‘डब्लु प्यार्टन’, अबको सम्भावना कस्तो ?

Bizshala
मनी फ्लो इन्डेक्सको ओभर सोल्डजोनमा ‘डब्लु प्यार्टन’, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । केही दिनदेखि लगातार घटेको बजार आज सपोर्ट जोनबाट सम्हालिन खोजेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डमा नै चलेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेता पनि हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन् ।  

यसले बजार बिस्तारै सम्हालिन कोसिस गरेको देखिन्छ । आरएसआई आज करिब ओभर सोल्ड जोन नजिकबाट फर्केको छ । मूभिङ एभरेजबाट नियाल्दा भने आज २७६१ को विन्दुमा बन्द भएको बजारले अब ५० दिने मूभिङ एभरेज रेखा अर्थात २७७२ आसपासमा प्रतिरोध सामना गर्न सक्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा २० दिनको औषत कारोबार भन्दा तल नै कारोबार भएको छ । बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा आज ओभर सोल्डमा ‘डब्लू प्यार्टन बनाएको देखिन्छ ।  

यसअघि बजार ३ हजारको इन्डेक्समा मनी फ्लो इन्डेक्समा वियरिस डाइभर्जेन्स बनाएर खसेको थियो । त्यसपछि आज पहिलो पटक बजारमा त्यसको अपोजिट बुलिस प्रकृतिको प्यार्टन बनेको छ । यसले बजार अब बिस्तारै सम्हालिन खोजेको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.