काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभाभ असोज १ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा दिउँसो साढे ४ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणहरु पारित गर्ने,आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।