बुधबार, असार १०,२०८३ 01:28:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:28:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, ५ जना भाग्यमानीले पाए थप एक कित्ता

Laxmi Sunrise Bank Limited
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड, ५ जना भाग्यमानीले पाए थप एक कित्ता

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । नबिल इनभेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

संस्थाले आम सर्वसाधारण्मा १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.