स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत साउन ३० गतेदेखि आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गरेको थियो । संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।...