आईतवार, श्रावण १०,२०८३ 12:58:13
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 12:58:13
Bizshala
Global IME Bank Limited

किन टिक्न सकेन सेयरबजारको अघिल्लो दिनको बढोत्तरी, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

किन टिक्न सकेन सेयरबजारको अघिल्लो दिनको बढोत्तरी, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । अघिल्लो दिन ५३ अंकले बढेको बजार बिहिबार ३८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । यद्यपी पछिल्लो २ दिनको बजारमा भने २० दिनको औषत कारोबार बराबर भोल्युम आएको छ ।  

अघिल्लो दिनको कारोबार टिक्न नसक्नुमा विभिन्न जानकारहरुका विभिन्न तर्क रहँदै आएका छन् । केहीले आउँदै गरेको चाडपर्वको प्रभाव बजारमा परेको बताएका छन् । केहीले भने बजारमा अल्पकालिन कारोबारी हाबी हुँदा बजार घटेको तर्क गरेका छन् ।  

पछिल्लो पटक ब्रोकरहरुले भने बजारमा नयाँ लगानीकर्ता र नयाँ पैसा आउन नसक्नु नै बजार खस्नुको प्रमुख कारण रहेको बताएका छन् । केही ब्रोकरहरुले अहिले सेयर बजारमा ९५ प्रतिशत लगानीकर्ताहरुले उधारो सेयर कारोबार गरेको बताएका छन् । तीन हजारको विन्दुमा फसेका कारण बजार बढेको मौका पारेर साँवा मात्रै लिएर भएपनि केही लगानीकर्ता बजारबाट निस्केको ब्रोकर बताउँछन् ।  

सेयर कर्जा लिएर चल्ने लगानीकर्ताहरुले तत्काल अहिले नै बजार माथि जाने सम्भावना नदेखेपछि सेयर कर्जा फुकुवा गरेर सेयर बेचेका कारण पनि आज बजार घटेको अर्काथरी ब्रोकर बताउँछन् ।  

प्राविधिक रुपमा कस्तो ?

आजको बजारलाई क्याण्डल स्टिकबा नियाल्दा भने वियरिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डलाई अघिल्लो दिनको क्याण्डलसँग दाँजेर नियाल्दा ‘डार्क क्लाउड कभर प्याटर्न’ बनेको देखिन्छ ।  

प्राइस एक्सन मार्फत आजको बजारलाई नियाल्दा भने लगातार खसेको बजारले एउटा हायर हाई बनाएको छ । जसले आज हायर लो बनाउँदै गरेको देखिन्छ । यस हिसाबले यदि बजार आगामी कारोबारमा २७६० विन्दुभन्दा माथि सम्हालिन्छ भने बजारको माथिको यात्रा जिवितै रहन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.