शुक्रबार, आश्विन ९,२०८३ 12:08:04
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:08:04
Bizshala
Global IME Bank Limited

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?

Bizshala
मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि बजार घटेर बन्द भएको छ । आज बजार घट्दा अघिल्लो कारोबारको तुलनामा झण्डै २ अर्बले कारोबार घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले आज मध्य ब्याण्डबाट तल खसेको छ ।  

अर्थात बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । अब बजारले तल्लो ब्याण्ड अर्थात २७१८ विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । क्याण्डल स्टिकबाट नियाल्दा आज पनि बजारमा वियरिस मारुबुजु क्याण्डल बनेको देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा आरएसआई ४२ को तहमा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनबाट फर्केर२६ को तहमा चलेको देखिन्छ ।  

समग्रमा इन्डिकेटरबाट नियाल्दा बजारमा हाल बजार साइडवेजमा चलेको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा बजारले ५० दिने रेखाबाट तल खसेको छ । अब बजर २०० दिने रेखमा बलियो सपोर्ट लिन सक्छ ।  

पिभट् मार्फत नियाल्दा आज २७४९ को विन्दुमा बन्द भएको बजारले आगमी दिनमा पनि घटेमा क्रमश ः २७३२, २६८४ २६३८ विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने बजारले क्रमश ः २७७८ , २८२६ र २८७२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.