काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । भदौ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले संस्थाको हाल कायम संस्थापक सेयरमध्ये ९ प्रतिशत विन्दुले हुन आउने संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गरी हालको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० लाई ५१ः४९ कायम गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।