बुधबार, असार १०,२०८३ 12:08:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:08:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकामा आयात हुने यो वस्तुमा २००% ट्यारिफ लगाउने योजनामा ट्रम्प

Laxmi Sunrise Bank Limited
अमेरिकामा आयात हुने यो वस्तुमा २००% ट्यारिफ लगाउने योजनामा ट्रम्प

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को थुप्रै वस्तुमा ट्यारिफ लगाई रहेका छन् । यसपटक उनले हरेक व्यक्तिलाई आवश्यक पर्ने वस्तुमा भारी ट्यारिफ लगाउने सोच बनाएका छन् । ट्रम्प प्रशासन अब औषधिमा भारी कर लगाउने तयारीमा रहेको छ ।  

एपी रिपोर्टका अनुसार केही औषधिमा ट्रम्प प्रशासनले २०० प्रतिशतसम्म कर लगाउने तयारी भइरहेको छ । अटो र स्टिल जस्ता वस्तुमा लगाइएको कर औषधिमा पनि लगाइनुपर्छ भन्ने ट्रम्पको योजना रहेको छ । यदि यसो भयो भने, यो दशकौं लामो नीति विरुद्ध हुने जनाइएको छ । यसले अमेरिकामा औषधिको मूल्य बढ्ने र आपूर्तिमा समस्या आउन सक्ने विज्ञहरू बताउँछन् । यसका साथै औषधि अभाव हुने खतरा पनि रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

ट्रम्पले औषधिमा २०० प्रतिशत कर लगाउनका लागि सन् १९६२ को व्यापार विस्तार ऐनको धारा २३२ उद्धृत गर्दैछन्। उनी भन्छन्, ‘कोरोना महामारीका बेला औषधिको अभाव र भण्डारण देखिएको छ । त्यसैले अब स्वदेशी उत्पादन बढाउन जरुरी छ ।’

अमेरिका र युरोपबीच हालै भएको व्यापार सम्झौताले औषधिलगायत युरोपेली सामानहरूमा १५ प्रतिशत कर लगाएको छ। प्रशासनले अन्य मुलुकबाट आउने औषधिमा पनि बढी कर लगाउने धम्की दिएको छ ।

धेरै जसो जेनेरिक औषधि अमेरिकामा बेचिन्छन्। खुद्रा र मेल–अर्डर फार्मेसीहरूमा बेचिने औषधिहरूमध्ये लगभग ९२ प्रतिशत जेनेरिक औषधिहरू हुन्। जेनेरिक औषधि उत्पादन गर्ने कम्पनीहरूले कम नाफामा काम गर्छन् र धेरै कर तिर्न सक्ने छैनन्। विश्लेषकहरूले केही कम्पनीहरूले कर तिर्नुको सट्टा अमेरिकी बजार छोड्न सक्ने चेतावनी दिएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.