काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बजार घट्दा कारोबार पनि घटेको छ । यसले बजारमा लगानीकर्ता सेयर घटेर बिक्री गर्न नचाहेको बुझ्न सकिन्छ ।
अघिल्लो साता २ कारोबार दिन घटेको बजारले यो साताको सुरुवात पनि गिरावटका साथ गरेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिङगरको अपर ब्याण्डमाबाट खस्न सुरु गरेको बजार आज २०७० मा बन्द भएको छ ।
यस अघि ग्याप अप ओपनिङ सहित खुलेको बजारले अवको सपोर्ट २०५० देखि २०६० सम्ममा लिन सक्छ । यदि बजार त्यहाँ बाट पनि तल खस्छ भने बजार मध्य ब्याण्ड २०३० आसपास आउन पनि सक्छ । म्याक्डी मार्फत नियाल्दा बजार केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।
हिस्टोग्रमा सकरात्मक रहेका छन तर केही फिक्का भएका छन् । आरएसआई न्युट्रल जोन भन्दा माथि ५३ मा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार हालसम्म पनि मजबुत नै रहेको देखिन्छ । बजारका सपोर्ट विन्दुहरु अन्य माध्यम फिवोनासी मार्फत हेर्दा ०.३८ प्रतिशत २०६० र ०.५ प्रतिशत भनेको २०३४ हुनसक्ने देखिन्छ । यस हिसावले बजार अबको केही अंक करेक्सन पछि सम्हालिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।