काठमाण्डौं । नेपालको पूँजीबजारमा हाल ७० लाख बढी डिम्याट खाता छन् । यी मध्ये अधिकांश खाता युवाको रहेको छ । सीडीएससीको तथ्यांकअनुसार १८ वर्ष देखि ४० वर्षसम्मका युवा लगानीकर्ताको संख्या ५४ प्रतिशत रहेको छ ।
उमेर समूहमा १८ वर्ष मुनिका लगानीकर्ताहरुलाई नाबालिकको रुपमा चिनिन्छ । जसको संरक्षक अविभावक रहेका ह्ुन्छन् । हाल नाबालिक डिम्याट खाताको संख्या ८ लाख ५८ हजार ७७६ रहेको छ ।
त्यसैगरि, १९ वर्षदेखि ३० वर्षसम्मको उमेर समूहको संख्या २१ लाख ५५ हजार ८११ , ३१ वर्षदेखि ४० वर्षसम्मका उमेर समूहमा १६ लाख ४४ हजार ७६९ रहेको छ । ४१ वर्षदेखि ६० बर्षसम्मका लगानीकर्ताको संख्या १८ लाख २० हजार ६५७ जना, ६१ वर्षदेखि ७० वर्षसम्मकाको संख्या ३ लाख ७७ हजार ४३७ जना र ७० वर्ष भन्दा माथिका लगानीकर्ताको संख्या २ लाख ८ हजार ६३५ रहेको सीडीएससीले जनाएको छ ।
सीडीएससीको तथ्यांकअनुसार पूँजीबजारमा पूरुष लगानीकर्ताको संख्या ४० लाख ६२ हजार र महिला लगानीकर्ताको ३० लाख ४ हजार ३३ जना रहेको छ । पूँजीजारमा ८ हजार ४५० वटा संस्थागत लगानीकर्ता रहेका छन् भने अन्यमा समूहमा ५६ जना लगानीकर्ता रहेका छन् ।