सोमबार, श्रावण २५,२०८३ 01:55:16
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 01:55:16
Bizshala
Global IME Bank Limited

पूँजीबजारमा युवा लगानीकर्ताको संख्या ५४%, महिलाको संख्या ३० लाख माथि

पूँजीबजारमा युवा लगानीकर्ताको संख्या ५४%, महिलाको संख्या ३० लाख माथि
New Office

काठमाण्डौं । नेपालको पूँजीबजारमा हाल ७० लाख बढी डिम्याट खाता छन् । यी मध्ये अधिकांश खाता युवाको रहेको छ । सीडीएससीको तथ्यांकअनुसार १८ वर्ष देखि ४० वर्षसम्मका युवा लगानीकर्ताको संख्या ५४ प्रतिशत रहेको छ ।  

 उमेर समूहमा १८ वर्ष मुनिका लगानीकर्ताहरुलाई नाबालिकको रुपमा चिनिन्छ । जसको संरक्षक अविभावक रहेका ह्ुन्छन् । हाल नाबालिक डिम्याट खाताको संख्या ८ लाख ५८ हजार ७७६ रहेको छ ।  

त्यसैगरि, १९ वर्षदेखि ३० वर्षसम्मको उमेर समूहको संख्या २१ लाख ५५ हजार ८११ , ३१ वर्षदेखि ४० वर्षसम्मका उमेर समूहमा १६ लाख ४४ हजार ७६९ रहेको छ । ४१ वर्षदेखि ६० बर्षसम्मका लगानीकर्ताको संख्या १८ लाख २० हजार ६५७ जना, ६१ वर्षदेखि ७० वर्षसम्मकाको संख्या ३ लाख ७७ हजार ४३७ जना र ७० वर्ष भन्दा माथिका लगानीकर्ताको संख्या २ लाख ८ हजार ६३५ रहेको सीडीएससीले जनाएको छ ।  

सीडीएससीको तथ्यांकअनुसार पूँजीबजारमा पूरुष लगानीकर्ताको संख्या ४० लाख ६२ हजार र महिला लगानीकर्ताको ३० लाख ४ हजार ३३ जना रहेको छ । पूँजीजारमा ८ हजार ४५० वटा संस्थागत लगानीकर्ता रहेका छन् भने अन्यमा समूहमा ५६ जना लगानीकर्ता रहेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.