शनिबार, श्रावण ३०,२०८३ 08:18:27
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:18:27
Bizshala
Global IME Bank Limited

यो साता २०० दिने मूभिङ एभरेज रेखामा सपोर्ट लिँदै नेप्से, कस्तो रहला आगामी साता ?

Prabhu Bank Limited
यो साता २०० दिने मूभिङ एभरेज रेखामा सपोर्ट लिँदै नेप्से, कस्तो रहला आगामी साता ?
New Office

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन  घट्यो भने १ दिन मात्रै बढ्यो  । अघिल्लो साता २ हजार ७८१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७१९ विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता बजार ६१.२३ अंकले घट्यो । अघिल्लो साता २३ अंकले बजार बढेको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा २५ अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने ३२ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।  

यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुबैमा गिरावट आयो । यो साता बजार बढ्दा बजार पूँजीकरण भने ४५ खर्ब ४६ अर्ब पुगेको छ । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४६ खर्ब ४७ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब १ अर्बले घट्यो ।  

प्राविधिक पक्षः  

मूभिङ एभरेजको आधारमा  

मूभिङ एभरेज भनेको मूभ हुँदै विभिन्न अंकहरुको एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यस्तो एभरेज विधिमार्फत बजारमा विशेषगरी छोटो समयको उतारचढाव हेर्न ५ दिने र २० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । त्यसैगरि, लामो समयको बजारको अबस्था हेर्न ५० दिने, २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ ।

यस्ता रेखाहरुले घट्दो बजारमा सपोर्टको काम गरेका हुन्छन भने बढ्दो बजारमा प्रतिरोधको काम गरेका हुन्छन् । यो विधि पूँँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ ।  

 

CG Motors

बजारमा अहिलेको अवस्थामा हेर्दा केही समय पहिले ५० दिने मूभिङ एभरेज रेखाबाट तल खसेको बजारले यो साता २०० दिने रेखामा सपोर्ट लिएको छ । यस कारण घट्दो बजारमा नेप्सेले सपोर्ट लिएको मान्न सकिन्छ ।  

बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा केही समय पहिले २० दिने मुभिङ एभरेज रेखा ( हेर्नुहोस रातो एरो ) बाट तल खसेको बजारले त्यस पछि त्यो रेखाबाट माथी जान सकेको छैन । अर्थात हालको औषत कारोबार ६ अर्ब ३५ करोड भन्दा माथि बजार लाग्न सकेको छैन । यदि आगामी दिनमा बजारले अप ट्रेन्ड लिन्छ भने यो विन्दु भन्दा माथि चल्नु पर्ने हुन्छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट तल खसेको बजार यो साता मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । म्याक्डीमा भने वियरिस क्रसओभर नजिक बजार चलेको देखिन्छ । त्यसैगरि, आरएसआई न्यूट्रल जोन अर्थात नन ट्रेडिङ जोन नजिक पुगेको छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०६५

प्रतिरोध २ – २९९५

प्रतिरोध १–  २८७३

पिभट् प्वइन्टः २८०१

घटेमा सपोर्ट 

सपोर्ट १– २६७९

सपोर्ट २– २६७९

सपोर्ट  ३ –२४८५

निष्कर्षः अघिल्लो साता बढेको बजारमा यो साता गिरावट आएको देखिन्छ । यो साता बजार घट्दा कारोबार पनि घटेको छ । पछिल्लो समय नेप्सेको कारोबार औषत कारोबार भन्दा तल नै आएको छ । मूभिङ एभरेजबाट बजारलाई नियाल्दा अघिल्लो साता ५० दिने मूभिङ एभरेज रेखाबाट तल खसेको बजारले यो साता २०० दिने रेखामा सपोर्ट लिएको देखिन्छ ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा पछिल्लो समय २० दिने मूभिङ एभरेज रेखाबाट तल खसेको बजार त्यसपछि माथि लाग्न सकेको छैन । डेली बेसमा नियाल्दा भने सपोर्ट जोन आसपासमा स्पिनिङ टप प्रकृतिको क्याण्डल बनेको देखिन्छ । अर्थात बजारमा एउटा रिभर्सलको संकेत देखिन्छ तर यसको लागी आगमी दिनका केही कारोबार भने नियाल्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.