मंगलवार, श्रावण २६,२०८३ 08:34:03
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:34:03
Bizshala
Global IME Bank Limited

आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी

Prabhu Bank Limited
आन्दोलनमा घुसपैठ भयो, संसद् भवन घेर्ने कुनै योजना थिएन: जेन–जी
New Office

काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो ।  

‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’ जेन–जीले जनाएको छ ।  

जेन–जीको प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सरकारले सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन जी समूहले प्रदर्शन गरेका हुन् ।  उनीहरुले काठमाण्डौ लगायत देशका मुख्य सहरहरु पोखरा, इटहरी, भैरहवा र बुटवल लगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् ।  

प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएपछि काठमाण्डौ, पोखरा, इटहरी,बुटवल र भैरहवामा कर्फ्यु जारी गरिएको छ ।       

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X