शनिबार, आश्विन ३,२०८३ 02:29:50
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 02:29:50
Bizshala
Global IME Bank Limited

विकास बैंक, बित्त कम्पनी र लघुवित्त सेवा सुचारु गर्न डराए !

विकास बैंक, बित्त कम्पनी र लघुवित्त सेवा सुचारु गर्न डराए !
New Office

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको निर्देशनपछि पनि विकास बैंक, बित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुले सेवा सुचारु गर्न डराएका छन्।

नेपाल राष्ट्रबैंकले बिहीबार बिहान एक निर्देशन जारी गर्दै अत्यावश्यक बैंकिङ सेवा आंशिक रुपमा सुचारु गर्न भनेको थियो । 

Shivam Cement
Bizshala
CG Motors

केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले बैठक बसेर आजदेखि काठमाण्डौ उपत्यकामा बैंकका सीमित शाखाहरु खोल्ने निर्णय गरेको थियो ।  

काठमाण्डौ जिल्लामा प्रत्येक वाणिज्य बैंकले ३ वटा, भक्तपुर र ललितपुरमा भने २ २ वटाको दरले खुलाउने निर्णय भएसँगै आंशिक सेवा सुचारु भइसकेको छ । बैंकहरुले आजदेखि बिहान १० बजेबाट दिउँसो २ बजेसम्म फिजिकल सेवा पनि दिएका छन् ।  

डिजीटल कारोबारसँग सम्बन्धित सबै सेवा पनि सुचारु नै छ ।  

तर, यही बेला विकास बैंक, वित्त कम्पनी र लघुवित्तको सेवा भने खुलेको छैन । बिहीबार पनि विकास बैंक, वित्त कम्पनी र लघुवित्तका कुनै पनि शाखा वा प्रमुख कार्यालय खुलेनन् । 

Muktinath Bikas Bank Limited

किन यस्तो भएको हो त ?  

राष्ट्रिय स्तरको एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजशालासँग कुरा गर्दै वाणिज्य बैंकहरुले आंशिक रुपमा सेवा खोले पनि पूर्ण सुरक्षाको अवस्था नदेखिएका कारण आफूहरुले नखोलेको बताए । अझै पनि सुरक्षा व्यवस्था विश्वस्त हुने खालको देखिएको छैन । त्यही भएर हामी डरै–डरका बीच कार्यालय खोल्न नसक्ने निश्कर्षमा पुगेका हौं । ती सीइओले भने ः डेभलपमेन्ट बैंकर्स एशोसिएसनका साथीहरुबीच भएको छलफलमा पनि यही कुरा आयो । त्यसकारण यो सातासम्म हेर्ने नै भन्नेमा हामी एकमत छौं ।  

ती सीईओको भनाईअनुसार भोलि पनि विकास बैंकहरु खुल्ने छैनन् । अवस्था सहज भयो भने आइतबार वा सोमबारदेखि भने आंशिक सेवा सुचारु हुनसक्छ ।  

बित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु पनि वाणिज्य बैंकपछि विकास बैंकहरुले के गर्लान् भनेर कुरेर बसेका छन् । उनीहरु पनि सुरक्षा व्यवस्थाप्रति आश्वस्त छैनन्, जसका कारण त्रासका बीच आफ्नो सेवा सुचारु गराउन तयार नभएका हुन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.