काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले भौतिक रुपमा उपस्थित भई पूर्ण रुपमा कार्यालय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आजदेखि सम्पूर्ण बीमा कम्पनीहरुलाई पूर्ण रुपमा कार्यालयहर सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
देशमा जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरु बन्द अवस्थामा थिए र कर्मचारीहरु घरमै बसेर काम गरिरहेका थिए । नेपाली सेनाले निकायले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सहज वातारण सिर्जना भएसँगै प्राधिकरण बीमा कम्पनीलाई कार्यालयहरु सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
‘देशमा विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल
सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरूले कर्फ्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेको हुनाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरु आइतबारबाट पूर्णरूपमा सञ्चालन गर्न र कर्मचारीहरू भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउनु हुन समेत अनुरोध गरिन्छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।