• आईतवार, भाद्र २९,२०८२ 06:24:58
Global IME Bank Limited

सुमनाको विद्रोहले रास्वपाभित्र पहिरो जानसक्ने, बालेन नेतृत्वको दलमा सहभागी हुन धमाधम राजीनामा

Hyundai Nepal
सुमनाको विद्रोहले रास्वपाभित्र पहिरो जानसक्ने, बालेन नेतृत्वको दलमा सहभागी हुन धमाधम राजीनामा

काठमाण्डौ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुमना श्रेष्ठ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीको सपथ समारोहमा सहभागी हुने पार्टीकी एक मात्र प्रतिनिधि थिइन् । सपथ समारोहमा उनलाई देख्नेबित्तिकै अन्तरिम प्रधानमन्त्री कार्कीले स्नेहका साथ अंकमाल गरेकी थिइन् । धेरैले सामाजिक सञ्जालमा हल्ला पिटे-'सुमना अन्तरिम सरकारको मन्त्री बन्दै, रास्वपा छाड्दै ।'  

सुमनाले भोलिपल्टै एक भिडियो सन्देश जारी गर्दै आफू अन्तरिम सरकारमा सहभागी नहुने प्रष्ट पारिन् । तर, यो सरकारलाई सहयोग रहने उनको भनाई थियो । सामाजिक सञ्जालभरि फैलिएको हल्लाका कारण 'चरम अवसरवादी'को ट्याग भिरेकी उनले एउटै भिडियोबाट तमाम आलोचनाहरुलाई निस्तेज पारिदिइन् र आफ्नो पोजिसन क्लियर गरिन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसको पुनः भोलिपल्ट अर्थात आज(आइतबार) सुमनाले आफ्नो सचिवालयको नाममा खोलेको सामाजिक सञ्जाल अकाउण्टबाट एउटा पोस्ट हाल्दै रास्वपा छाडेको घोषणा गरिन् । यो खबरले चाहिँ धेरैलाई चकित तुल्याइदियो । सुमनाले एकाएक रास्वपा किन छाडिन् ? उनी आफैंले राजनीतिक वृत्तमा उठ्नसक्ने यस्ता प्रश्नहरुको एकमुष्ट जवाफ दिंदै लेखिन् -'कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । आई क्वीट, मैले पार्टी छोडेँ ।’

सुमना श्रेष्ठ

उनले रास्वपाबाट विद्रोहको झिल्को सल्काइरहँदा कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई पनि सचेत बन्न आह्वान गरेकी छिन् । 'आजको दिनको परिस्थिति आउन तपाईहरूकोभन्दा बढी तपाईहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।'

उनको यो आह्वानले परम्परावादी दलहरुका युवा वा जेनजी पुस्ताका नेता कार्यकर्तामा प्रभाव पार्छ या पार्दैन त्यो भविष्यले देखाउला । तर, सुमनाको यो विद्रोह रास्वपामा भने झिल्को बनेर सल्किने निश्चित छ । नेताकेन्द्रीत पार्टीबाट उनले गरेको विद्रोहको झिल्को आगो बनेर दन्किनसक्ने र यसले रवि लामिछाने नेतृत्वको रास्वपालाई मध्यावधि चुनावअघि निकै ठूलो धक्का पुग्नसक्ने आँकलन राजनीतिका पण्डितहरुले गर्न थालिसकेका छन् ।  

चल्नसक्छ विद्रोहको लहर

झट्ट हेर्दा अहिले रास्वपाबाट सुमनाले मात्र विद्रोह गरेको जस्तो देखिन्छ । तर, उनले उठाएका मुद्दा र कतिपय गम्भीर विषयका कारण सो दलमा पहिरो जानसक्ने विश्लेषकहरु तर्क गर्छन् ।  

रास्वपास्थित उच्च स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने सुमनापछि केन्द्रीय स्तरकै अरु नेताको समेत राजीनामा आउनसक्छ । केही दिनमै निवर्तमान सांसद डा. तोसिमा कार्की, रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा पार्टीभित्र अझ ठूलो विद्रोह हुनसक्छ ।  

केन्द्रदेखि स्थानीय तहका कतिपय नेता समेत रवि लामिछानेलाई केन्द्रमा राखेर पार्टीको प्रतिष्ठा र लोकप्रियता ध्वस्त बनाइएको भन्दै नेतृत्वप्रति सन्तुष्ट छैनन् । समूह स्वीच गर्ने सबैभन्दा उत्तम अवसर अहिलेको अवस्थालाई ठान्नेहरुको राजीनामाको लहर चल्नसक्छ । 

सुमनाको विद्रोहको झिल्कोलाई निरन्तरता दिन जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाएका र यो आन्दोलनका एक डिजाइनकर्ता समेत रहेका गणेश कार्कीले तुरुन्तै पार्टी छाड्नसक्छन् । त्यसपछि तोसिमाले पनि सुमना र गणेशको पद्चाप पछ्याउन सक्छिन् । उनीहरुलाई साथ दिन केन्द्रीय स्तरका अरु नेता पनि तात्नसक्छन् ।  

बालेनको दलमा आबद्ध हुँदै

देशमा राजनीतिक उथलपुथल गराएको विश्व इतिहासकै सबैभन्दा छोटो समयको शक्तिशाली र ऐतिहासिक जेनजी आन्दोलनको प्रमुख डिजाइनर तथा जेनजी पुस्तामाझ लोकप्रिय काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन शाह)ले राजनीतिक दल घोषणाको तयारी थालेका छन् ।  

उनी निकटस्थहरुका अनुसार राजनीतिक दल निर्माण गरी मध्यावधि निर्वाचनमा जेनजी पुस्ताको भावनालाई सम्बोधन गरी अगाडि बढ्ने हिसाबले पूर्व तयारीहरु चलिरहेका छन् । सबै कुरा भनेजसरी अगाडि बढेमा यही साताभित्र बालेनले दल घोषणा गर्नसक्छन् ।  

यही तयारी भइरहेको बेला बालेन नेतृत्वमा बन्न लागेको दलको संस्थापक बन्ने उद्देश्यले सुमनाले विद्रोह गरेकी स्रोतहरु दाबी गर्छन् ।  

बालेनले राजनीतिक दल निर्माणको घोषणा गरेलगत्तै सबैभन्दा बढी रास्वपामै पहिरो जाने राजनीतिक विश्लेषकहरुको दाबी छ।

बालेनले बनाउने राजनीतिक दलमा एमाले, कांग्रेस, माओवादी लगायतका दलका युवा तथा जेनजी पुस्ताका नेताहरु समेत सहभागी हुने लहर नै चल्ने अनुमान गरिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.