शनिबार, श्रावण २,२०८३ 09:01:19
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:01:19
Bizshala
Global IME Bank Limited

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारण सभा, लाभांशको प्रस्ताव पारित गरिने

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारण सभा, लाभांशको प्रस्ताव पारित गरिने
New Office

काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले १६ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१/८२ को लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४७ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको  वासलात ,आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै गत आवमा गरिएको स्वतन्त्र सञ्चालकहरुको पुनर्नियुक्ती लगायत सञ्चालक समितिमा भएका परिवर्तहरुलाई अनुमोदन गरिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.