काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले १६ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१/८२ को लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४७ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात ,आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।
यस्तै गत आवमा गरिएको स्वतन्त्र सञ्चालकहरुको पुनर्नियुक्ती लगायत सञ्चालक समितिमा भएका परिवर्तहरुलाई अनुमोदन गरिनेछ ।