बिहीबार, बैशाख ३१,२०८३ 03:36:17
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:36:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्पको नयाँ योजना: यसरी पाउन सकिन्छ सीधै अमेरिकी नागरिकता !

Laxmi Sunrise Bank Limited
ट्रम्पको नयाँ योजना: यसरी पाउन सकिन्छ सीधै अमेरिकी नागरिकता !
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा (H-1B Visa) कार्यक्रम कडाइ गर्दै नयाँ विकल्पको रुपमा ‘ट्रम्प गोल्ड कार्ड’ प्रस्ताव गरेका छन्।

यस योजनाअन्तर्गत यदि कुनै व्यक्तिले १० लाख अमेरिकी डलर (१ मिलियन) व्यक्तिगत लगानी गर्छ वा २० लाख अमेरिकी डलर (२ मिलियन) को कम्पनी स्पोन्सरशिप ल्याउँछ भने उसले सीधै अमेरिकी नागरिकता प्राप्त गर्न सक्नेछ। ट्रम्पले यसलाई “ग्रीन कार्डको हाइ–स्पिड रुट” को रुपमा व्याख्या गरेका छन्, जसले अहिलेको EB-1 र EB-2 कार्यक्रमलाई विस्थापित गर्न सक्ने सम्भावना रहेको छ।

Bizshala
New Office
CG Motors

ट्रम्पको दाबीअनुसार, यो योजनाबाट अमेरिका कम्तीमा १०० अर्ब डलरभन्दा बढी आम्दानी गर्नेछ र विश्वका उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न सफल हुनेछ। तर, यो प्रस्ताव कार्यान्वयन गर्न अमेरिकी कांग्रेसको अनुमोदन आवश्यक हुने बताइएको छ।

यससँगै ट्रम्पले अर्को योजना ‘ट्रम्प प्लेटिनम कार्ड’ पनि अघि सारेका छन्। जसअनुसार ५० लाख डलर (५ मिलियन) लगानी गर्ने व्यक्तिलाई विदेशी आयमाथि कर छुट दिने व्यवस्था हुनेछ।

एच–१बी र ट्रम्प गोल्ड कार्डबीचको फरक

एच–१बी भिसा:

-मुख्यतया प्रविधि क्षेत्रका कम्पनीहरूले विदेशी इन्जिनियर र दक्ष जनशक्ति भित्र्याउन प्रयोग गर्छन्।

-आवेदनकर्तासँग स्नातक डिग्री अनिवार्य हुन्छ र अमेरिकी कम्पनीको स्पोन्सरशिप चाहिन्छ।

-पहिलो चरणमा ३ वर्षको लागि दिइन्छ, थप ३ वर्षसम्म बढाउन सकिन्छ।

-६ वर्षपछि मात्र ग्रीन कार्डको लागि आवेदन गर्न सकिन्छ।

-हालको आधारभूत शुल्क ४६० डलर भए पनि अन्य खर्च जोड्दा वार्षिक करिब १ लाख डलरसम्म पर्न सक्छ।

Garima Development Bank
Shivam Cement
IME remit

ट्रम्प गोल्ड कार्ड:

-लगानीमुखी कार्यक्रम जसले सीधै स्थायी निवास (ग्रीन कार्ड) दिनेछ।

-कम्तीमा १ मिलियन डलर व्यक्तिगत लगानी वा २ मिलियन डलर कम्पनी लगानी गर्नुपर्ने।

-प्रोसेसिङ शुल्क थप लाग्ने।

-परिवारका सबै सदस्यलाई एकसाथ स्थायी बसोबासको सुविधा।

ट्रम्पले प्रस्तुत गरेको ‘गोल्ड कार्ड’ र ‘प्लेटिनम कार्ड’ योजना अमेरिका भित्र विदेशी पूँजी आकर्षित गर्ने उद्देश्यसहित ल्याइएको देखिन्छ। यो प्रस्ताव कार्यान्वयन भएमा एच–१बी जस्ता काम–आधारित भिसाभन्दा लगानी–आधारित नागरिकता कार्यक्रमले नयाँ बाटो खोल्नेछ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.