आईतवार, असार १४,२०८३ 02:15:20
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:15:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Laxmi Sunrise Bank Limited
नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयरमूल्य समायोजन भएको हो ।  

यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ४७७.७३ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँ कायम थियो ।  

New Office
CG Motors
Garima Development Bank

कामना सेवा विकास बैंकले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ ।  

त्यस्तै, युनिभर्सल पावरको सेयरमूल्य प्रतिकित्ता ३८०.२८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१४.५० रुपैयाँ थियो । यूनिभर्सल पावरले  ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।        

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.