बुधबार, श्रावण ६,२०८३ 10:38:39
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:38:39
Bizshala
Global IME Bank Limited

स्थलगत निरीक्षणमा कैफियत देखिएपछि बीमा कम्पनीलाई प्राधिकरणको १८ बुँदे निर्देशन, पालना नभए सीईओलाई कारबाही

स्थलगत निरीक्षणमा कैफियत देखिएपछि बीमा कम्पनीलाई प्राधिकरणको १८ बुँदे निर्देशन, पालना नभए सीईओलाई कारबाही
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ ।  

प्राधिकरणले समय–समयमा बीमा कम्पनीको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएपछि बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो ।  

साथै प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी अन्तरक्रिया तथा तलफलमा बीमा कम्पनीका सम्बन्धमा गुनासो प्राप्त भएपछि १८ बुँदे निर्देशन जारी गरेको प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका अनुसार उक्त निर्देशन पूर्ण रुपमा पालना नभएको पाइएमा कम्पनीको सीईओ नै जिम्मेवार हुने हुँदा बीमा ऐन, २०७९ बमोजिम कारबाही भैजानेछ ।  

निर्देशनमा बीमा कम्पनीको भौतिक पूर्वाधार विकास गर्न दुई महिना अवधि दिइएको छ । साथै बीमा कम्पनीको प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा तोकेको मापदण्डबमोजिम जनशक्ति परिचालन गर्ने, प्रत्येक शाखामा अधिकृत स्तरको कर्मचारी कार्यालय प्रमुख बनाउने, कर्मचारी खर्चको २% रकम कर्मचारी तालिम तथा वृत्ति विकासमा खर्च गर्ने, उधारो बीमालाई पूर्ण रुपमा निरुत्साहित गनेृ, कृषि तथा पशुपन्छी बीमामा ५० हजार रुपैयाँ र मोटर बीमामा २ लाख रुपैयाँसम्मको दाबी भुक्तानीलाई शाखा कार्यालयबाटै फर्स्यौट गर्ने जस्ता निर्देशन दिइएको छ ।  

यसका साथै आंशिक तथा म्याचुरिटी बीमालेख बापतको रकम बीमितको बैंक खातामा पठाउनुपर्ने, जोखिमाङ्कन गर्दा बीमितको आय यकिन हुने कागजात संकलन गर्ने, सर्भे कार्य छिटो गराउने, स्वीकृत बीमा दररेट कडाइकासाथ कार्यान्वयनमा ल्याउने र प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा माग गरिएका काजगात समयभित्र अनिवार्य बुझाउनुपर्ने जस्ता निर्देशन दिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.