मंगलवार, आश्विन १३,२०८३ 04:51:02
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:51:02
Bizshala
Global IME Bank Limited

जापानको सेयरबजार लगातार तेस्रो दिन अल टाइम हाईमा

Bizshala
जापानको सेयरबजार लगातार तेस्रो दिन अल टाइम हाईमा
New Office

काठमाण्डौ । जापानको सेयरबजारले अल टाइम हाईको उचाईमा पुगेको छ । जापानको सेयरबजार मापक इन्डेक्स निक्की२२५ ले बिहिबारको कारोबारमा नयाँ रेकर्ड कायम गरेको हो ।  

आज निक्की२२५ इन्डेक्स ०.२७ प्रतिशत अर्थात १२४ अंकले बढेर ४५ हजार ७५४ विन्दुमा बन्द भएको छ । यो हालसम्मकै उच्च क्लोजिङ हो ।  

निक्की२२५ इन्डेक्स लगातार ६ दिन बढेको छ । ६ दिनको बढोत्तरीमा निक्की२२५ इन्डेक्सले लगातार ३ दिन नयाँ रेकर्ड बनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको कारोबारमा मेटल सेक्टर सर्वाधिक अर्थात ३.२४ प्रतिशतले बढ्यो । सुमितोमो मेटल माईनिङको मूल्य आज ११.३ प्रतिशतले बढ्यो । जुन निक्कीमा सूचीकृत कम्पनीहरुमध्ये कै उच्च हो ।  

यस्तै उर्जा र युटिलीटी सेक्टरमा समेत राम्रो वृद्धि देखियो ।  

आज ओकिनावामा आधारित बियर उत्पादक कम्पनी ओरियन ब्रेअरीले प्रतिकित्ता १८६३ येनमा मार्केट डेब्यु गर्यो । जुन आईपीओ मूल्य ८५० येनभन्दा झण्डै दोब्बर बढी हो । प्रतिकित्ता १९५० येनमा बन्द हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २२६२ डलरसम्म पुगेको थियो ।

यस्तै आज साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने टोपिक्स इन्डेक्स पनि ०.४७ प्रतिशतल बढ्दै ३ हजार १८५ विन्दुमा पुगेको छ ।   

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.