बुधबार, असार १७,२०८३ 11:17:27
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:17:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरबीआईको ऐतिहासिक पहल: नेपालीलाई अब भारतीय बैंकमै रुपैयाँमै ऋण

Laxmi Sunrise Bank Limited
आरबीआईको ऐतिहासिक पहल: नेपालीलाई अब भारतीय बैंकमै रुपैयाँमै ऋण

काठमाण्डौ ।भारतको केन्द्रीय बैंक (आरबीआई) ले पहिलोपटक नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा संस्थालाई प्रत्यक्ष भारतीय रुपैयाँमै ऋण लिन सक्ने व्यवस्था गरेको छ।

यसअघि भारतीय बैंक वा तिनका विदेशस्थित शाखाबाट यस्तो सुविधा उपलब्ध थिएन। तर, बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै आरबीआईले छिमेकी मुलुकलाई लक्षित नयाँ प्रावधान ल्याएको हो।

New Office
CG Motors
Garima Development Bank

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले यो कदम भारतीय रुपैयाँलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाउने दीर्घकालीन योजनाको हिस्सा भएको भारतीय पत्रिका इन्डियन एक्सप्रेस लाई बताए।

नेपालका लागि लाभ

-नेपाली उद्यमी वा व्यवसायीले अब प्रत्यक्ष भारतीय बैंकमार्फत रुपैयाँ ऋण लिन सक्नेछन्।

-आयात–निर्यात तथा लगानीमा अमेरिकी डलरमाथिको निर्भरता घट्नेछ।

-सीमा पारको व्यापार तथा भुक्तानी प्रक्रियामा सहजता आउनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालसँगै भूटान र श्रीलङ्काका नागरिक वा संस्थाले पनि यो सुविधा प्रयोग गर्न पाउनेछन्। विश्लेषकहरूले यसलाई भारतको रणनीतिक कदमका रूपमा लिएका छन्, जसले अमेरिकी डलरको प्रभुत्व घटाउँदै छिमेकी देशमा भारतीय रुपैयाँलाई प्रोत्साहित गर्नेछ।

यसअघि आरबीआईले विशेष रुपैयाँ भुक्तानी खाता (SRVA) मार्फत व्यापारमा रुपियाँ प्रयोगको बाटो खोलेको थियो। तर, प्रत्यक्ष कर्जा दिने सुविधा भने पहिलोपटक लागू गरिएको हो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.