बिहीबार, बैशाख ३१,२०८३ 06:14:17
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:14:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वोत्तमको आईपीओमा लगानी गरेकाले दुई कारोबार दिनमै पाए ८६% बढी रिटर्न

Laxmi Sunrise Bank Limited
सर्वोत्तमको आईपीओमा लगानी गरेकाले दुई कारोबार दिनमै पाए ८६% बढी रिटर्न
Shivam Cement

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको दोश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ ।  

पहिलो दिन झै दोश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।  

सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो । 

Bizshala
New Office
CG Motors

यो कम्पनीले नेपालमे पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ बिक्री गरिएको थियो ।  

आईपीओमा मागभन्दा निकै धेरै आवेदन परेको थियो । परेका आवेदनहरुमध्येबाट चिठ्ठा विधिबाट लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

यसरी हेर्दा सर्वोत्तमको आईपीओमा १८ हजार ४५ रुपैयाँ लगानी गर्ने र चिठ्ठाबाट आईपीओ प्राप्त गर्नेले लगानीको केही हप्ताभित्रै ३३ हजार ६३५ रुपैयाँ पुगेको छ । यसरी हेर्दा दुई कारोबार दिनमै आईपीओमा लगानी गर्नेहरुले दोश्रो बजारबाट ८६.३९ प्रतिशतको निकै ठूलो रिटर्न प्राप्त गरेका छन् ।  

यो कम्पनीको सेयरमूल्यमा उच्च खरीद चाप देखिएकाले मूल्य अझै माथि पुग्ने सम्भावना देखिन्छ ।  

यो समाचार तयार पार्दासम्म यो कम्पनीमा १७ लाख ८६ हजार बढी कित्ताको माग भएको देखिन्छ ।

अन्य सिमेन्ट कम्पनीको कस्तो छ अवस्था ?

सर्वोत्तम सिमेन्टको मूल्यमा दैनिक अपर सर्किट लागिरहेको बेला दोश्रो बजारमा सूचीकृत अन्य सिमेन्ट कम्पनीको मूल्यमा भने करेक्सनको ट्रेण्ड देखिएको छ ।  

लगानीकर्ताहरुले नाफा बुकका कारण करेक्सन देखिए पनि सर्वोत्तमको मूल्य बढ्दा बाँकी सिमेन्ट कम्पनीको मूल्य समेत उकालो नै लाग्ने दाबी गरिरहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.