काठमाण्डौ । हामीले साताको पहिलो कारोबार दिन नियमित स्तम्भ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । तर आज र भोलि सरकारले सार्वजनिक बिदा दिएकाले ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने कार्य गर्न हामी असमर्थ छौं । त्यसैले आज हामीले सामाजिक सञ्जालमार्फत ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं ।
एकसाता भन्दा लामो समय सेयर बजार बन्द रहेको सेयर बजार सरकारको निर्णयपश्चात थप दुईदिन बन्द हुने भएपछि लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुका मिश्रित प्रतिकृयाहरु सामाजिक सञ्जालहरुमा देखिन थालेका छन् । केही लगानीकर्ताहरुले देशभर मौसम खराब नरहेको अवस्थामा २ बिदा अनुपयुक्त रहेको बताएका छन् । केही लगानीकर्ताहरुले भने मौसममा सुधार आएको र आकाश खूल्दै गएका कारण सोमबारको बिदामा सरकारले पुर्नविचार गर्नु पर्ने माग गरेका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका प्रियराज रेग्मि लेख्छन् ‘मौसमले साथ दिएसँगै भोलि ( सोमबार)को लागि सारकारले दिएको बिदा पुनर्विचार वा खारेज गरे हुने ।’
त्यसैगरि सामाजिक सञ्जालमा नै लगानीकर्ता विनोद बजगाईले लेख्छन ‘बिदाले देश बन्दैन मौसममा सुधार आयो, धेरै तिर घाम लाग्न थाल्यो, दूइदिनको सार्वजनिक बिदाा एक दिनमा झारौं । भोलीको बिदा क्यान्सिल गरौं ।’
उनको विचारमा राजु शर्मा पौडेलले पनि सहमत देखिन्छन् । तर एक लगानीकर्ता राजनन्दले घाम लागे पनि राजमार्ग अवरुद्ध नै रहेको प्रतिकृया दिए । त्यैसैगरि दिपक भट्टराई नाम गरेका एक लगानीकर्ताले अधिकांश राजमार्ग अवरुद्ध रहेको तथा फ्लाइट टिकट नपाएको , राजमार्ग सूचारु भएपनि लामो जाम रहेका कारण सबै कर्मचारी तत्काल काठमाण्डौ आउन सक्ने अबस्था नरहेको कारण बिदा तथा बजार बन्द हुनु जायज रहेको बताउँछन् ।
केही लगानीकर्ताहरु भने बजार खूल्नु भन्दा पहिले अघिल्लो साता पूँजीबजार सुधार कार्यदलले दिएका सुझाव कार्यन्वयन गर्न माग गरे पनि गरेका छन् । किशोर नेपाल नाम गरेका लगानीकर्ता भन्छन् ‘बजार खुल्नु भन्दा अगाडी मंगलबार बिहान कार्यदलले दिएका सुझाव कार्यान्वयनको लागि सबै लगानीकर्ता धितोपत्र बोर्डमा जाँउ । सुझाव कार्यन्वयनको लागि दबाब सिर्जना गरौं ’ ।
त्यसैगरि, थिंक ट्याङ्क नाम गरेका लगानीकर्ता भन्छन ‘फेरि पनि सरकार चुक्यो, सार्वजनिक छुट्टी दिन किन यति धेरै हतारो भयो, काम गर्ने समय, कार्यदिन, कार्यअवधी बढाउनुपर्नेमा हचुवाका भरमा सम्पूर्ण देशभर सार्बजनिक बिदा किन ? पश्चिम नेपालमा हिजो पनि टन्टलापुर घाम लाग्दै थियो, काठमाण्डौ उपत्यकामा आज बिहानैबाट घाम लाग्दै छ । अवस्था सामान्य छ । प्रभावित क्षेत्रका कर्मचारीका लागि मात्रै बिदा भनेर गृह मन्त्रालयबाट सूचना प्रकाशित गुर्नपर्थ्यो। यसरी देश नै ठप्प हुने गरि २–२ दिन सार्बजनिक बिदा दिदाँ देशले कसरी आर्थिक अभिभारा थाम्न सक्ला ?’