मंगलवार, श्रावण १२,२०८३ 11:46:58
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:46:58
Bizshala
Global IME Bank Limited

जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना बढेसँगै सेयर बजारमा रकेर्ड कायम

जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना बढेसँगै सेयर बजारमा रकेर्ड कायम
New Office

काठमाण्डौ । जापानको सेयरबजार हालसम्मकै उच्च कायम भएको छ । सोमबार ४ प्रतिशत भन्दा बढीले बढ्दै जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्सले नयाँ रेकर्ड कायम गरेको हो ।  

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको नयाँ नेतृत्वको रुपमा सानेई ताकाईची निर्वाचित भएसँगै देशले पहिलो महिला प्रधानमन्त्री पाउने सम्भावना उच्च बनेको छ । जसका कारण लगानीकर्ता उत्साहित बन्दा सेयरबजारमा रौनक छाएको हो ।  

निक्की२२५ मा सूचीकृत रियल स्टेट, टेक्नोलोजी र साइलिकल स्टकहरुमा उछाल देखियो । यासवाका इलेक्ट्रिक कर्पको सेयरमूल्य २० प्रतिशत भन्दा बढीले बढ्यो । यस्तै जापान स्टिल वर्कको सेयरमूल्य १४ प्रतिशत, मित्सुविसी हेभी इन्डष्ट्रिजको १३ प्रतिशत र कावासाकी हेभी इन्डष्ट्रिजको सेयरमूल्य १२ प्रतिशतले बढ्यो ।  

यस्तै जापानको टोपिक्स इन्डेक्स पनि ३ प्रतिशतले बढ्दै अल टाइम हाईको उचाईमा पुगेको छ ।    

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.