बिहीबार, आश्विन २३,२०८२ 10:35:13
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 10:35:13
IME remit
Global IME Bank Limited

सोनापूर मिनरल्सको सेयरभाउ ‘सपोर्ट लेभलमा’, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
सोनापूर मिनरल्सको सेयरभाउ ‘सपोर्ट लेभलमा’,  कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । सोनापूर मिनरल्स एण्ड ओइल कम्पनी नेप्सेमा उत्पादन तथा प्रसोधन समूहमा सूचीकृत कम्पनी हो । यो कम्पनी २००८ मा स्थापित कम्पनी हो । यो कम्पनी सन् २०११ मा पब्लिक लिमिटेडमा परिणत भएको थियो ।  

आधारभूत पक्षः  

गत आर्थिक बर्षको चौंथो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चूक्तापूँजी ३ अर्ब ७ करोड रुपैंया रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ७ करोड रुपैंया रहेको छ । कम्पनीको खूद मूनाफा जम्मा ६१ करोड ५० लाख रुपैंयाँ रहेको छ भने बुक भ्यालु १९०.४९ रुपैंया , प्रतिसेयर आम्दानी ०.२० रुपैंयाँ रहेको छ भने रिर्टन अन इक्विटी ०.१ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः

सपोर्ट एण्ड रेसिस्टेन्सको आधारमा

केही समय पहिले प्रतिकित्ता ६०० रुपैंयाँबाट खसेको यो कम्पनी हाल ४०० आसपासमा सपोर्ट लेभलमा रहेको देखिन्छ । यहाँबाट माथी लागेको यो कम्पनीले अब नजिकको प्रतिरोध ५ सय आसपासमा प्रतिरोध सामना गर्न सक्छ । यहाँबाट पनि माथी लाग्छ भने ६ सयसम्म यो कम्पनीको सेयर मूल्य पुग्न सक्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

यस आधारमा यो कम्पनी लामो समयदेखि तल्लो ब्याण्ड सँगै चलेको देखिन्छ । कम्पनीको सेयर भाउले ४५० देखि माथी लागेको खण्डमा अप ट्रेन्ड लिन सक्छ । म्याक्डीमा केही समय पहिलेदेखि वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै जाँदा करिब बुलिस क्रसओभर नजिक रहेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर माथीको यात्रा तय गर्दै गरेको देखिन्छ ।

फियर एण्ड ग्रिडको आधारमा

यस आधारमा यो कम्पनी हाल ३० को तहमा साप्ताहिक वियारिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यसले कम्पनीको सेयरमा बिक्री दबाब परेको वुझिन्छ । हाल ४३८ रुपैंयाँमा अन्तिम कारोबार भएको यो कम्पनी ५२ साताको उच्च मूल्य ५३८ रुपैयाँ र न्यून मूल्य ४२२ रुपैयाँ रहेको छ । यस कम्पनीको ६० प्रतिशत सेयर सस्थापक समूह र बाँकी सर्वसाधारण समूहको रहेको छ । यो कम्पनीको सेयर ब्रोकर नम्बर ४२ , १३ र ७७ बाट उच्च होल्डिङ रहेको छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५१८

प्रतिरोध २ – ५०३

प्रतिरोध १–  ४७६

पिभट् प्वइन्टः ४६१

घटेमा सपोर्ट

सपोर्ट १– ४३५

सपोर्ट २– ४२०

सपोर्ट  ३ –३९४

निष्कर्षःआधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको जगेडा कोष र बुक भ्यालु राम्रै रहेको छ । तर कम्पनीको रिर्टन अन इक्विटी जम्मा ०.१ प्रतिशत र प्रतिसेयर आम्दानी जम्मा २० पैसा मात्रै रहेको छ । यस हिसाबले यो कम्पनी आधारभूत रुपमा कमजोर नै रहेको छ । यद्यपी प्राविधिक रुपमा भने केही समय पहिलेबाट खस्न सुरु गरको यो कम्पनीको सेयर करिव सपोर्ट लेभलमा आएको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.