शनिबार, श्रावण ३०,२०८३ 08:16:55
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:16:55
Bizshala
Global IME Bank Limited

लगातार घटेको बजारमा मनी फ्लोमा डाइभर्जेन्स, अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
लगातार घटेको बजारमा मनी फ्लोमा डाइभर्जेन्स, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । लगातार २ दिन ठूलो अंकले घटेको बजारमा आज दिनभरी बिक्री दबाब देखियो । आजपनि अघिल्लो दिन जस्तो दिनभर नै बिक्री दबाब रह्यो । आज बजार घट्दा कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आजपनि वियरिस प्रकृतिको क्याण्डल नै बन्यो ।  

बोलिङ्गंर ब्याण्डबाट नियाल्दा आज बजारले तल्लो ब्याण्डमा टेष्ट गरेको छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दूरी बढेको देखिन्छ । यसले बजारमा तिब्र उतारचढाव भएको बुझिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गरेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोन नजिकमा नै चलेको देखिन्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाबमा चलेको देखिन्छ ।  

CG Motors

तर बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने केही आशा गर्ने ठाँउ पनि देखिन्छ । बजारमा मनी फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स बन्दै गरेको देखिन्छ । यदि सेयर तथा सूचकको मूल्य रेखामा लोवर लो र लोवर हाईको सिरिज बनेका छन तर मनी फ्लोमा हायर हाई र हायर लो का सिरिज बनेको छ भने त्यसलाई डाइभर्जेन्स बन्दै गरेको बुझिन्छ ।  

जसले अघिल्लो साताहरुमा एकैपटक ठूलो अंकले बढेको बजारमा यो साताको कारोबारहरुमा थप लिक्विडिटि लिन आएको सम्भावना पनि बजारमा रहन्छ । अर्थात बजारले तल्लो विन्दुमा सस्तो दरमा केही अत्ताालिने लगानीकर्ताहरुको सेयर खोसेर पुनःमाथीको यात्रा तय गर्न सक्ने सम्भावना पनि बजारमा रहन्छ । जसलाई प्राविधिक भाषामा लिक्विडिटि स्वीप वा फल्स ब्रेक आउट पनि भन्ने गरिन्छ । जसको थप पुष्टि आगामी कारोबारबाट हुनेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.