काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र सम्पूर्ण राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका छन् । राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग शीतलनिवासमा छलफल गर्न लागेका हुन् ।
अघिल्लो दिन पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरूले राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए ।