देश र जनताको कल्याणको कामनासहित राष्ट्रपति पौडेलले आज पशुपतिनाथमा विशेष पूजा गर्ने
काठमाण्डौ ।स राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्। देश र जनताको हित तथा कल्याणको कामनासहित राष्ट्रपति पौडेलले पशुपतिनाथमा विशेष पूजा तथा सङ्कल्प गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

